शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्डले टाउका गन्न थालेको भन्दै ओलीको आक्रोश

शनिबार, १३ मङ्सिर २०७७, १६ : ४३
शनिबार, १३ मङ्सिर २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अलिकति ‘पायक’ परेको हिसाब गरेर कमिटीमा अल्पमत बहुमतको विधि कार्यान्वयन गर्ने वकालत प्रचण्डले गर्न थालेको आरोप लगाएका छन् । 
 ओलीले आफ्नो प्रस्तावमार्फत प्रचण्डलाई जवाफ दिँदै भनेका छन्, ‘सहयोद्धा कमरेडहरुको भावना होइन, टाउका गन्न थाल्नु भएको छ । कित्ताकाट गर्न थाल्नु भएको छ । सम्झिनुहोस् त, केन्द्रीय सचिवालयदेखि स्थानीय कमिटीसम्म अधिकांश ठाउँमा साबिक एमालेको एकजना भए पनि बढी सङ्ख्या छ । बहुमतको त्यो अङ्कगणित तपाईंका विरुद्ध प्रयोग गरिएको भए के हुन्थ्यो ?’
विगतमा उनले माथिदेखि तलसम्म मिलाउनका लागि तत्कालीन एमालेबाट त्याग भएको सम्म भन्न भुलेका छैनन् । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप