शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा कति पुगे कोरोना संक्रमित ?

शनिबार, १३ मङ्सिर २०७७, १९ : १६
शनिबार, १३ मङ्सिर २०७७

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा ६४५ जनामा संक्रमण पुष्टि भएको छ।  जसमा महिला २५८ र पुरुष ३६० जना रहेका छन् । यससँगै काठमाडौंमा कुल संक्रमित ८६ हजार ८५६ जना पुगेकोमा हाल ८ हजार ३९ जना सक्रिय संक्रमित रहेका छन् । 

यस्तै भक्तपुरमा कुल संक्रमित ७ हजार १०४ जना रहेकामा सक्रिय संक्रमित ६३२ जना रहेका छन् भने ललितपुरमा कुल संक्रमित १३ हजार ८८ जना रहेकोमा हाल सक्रिय संक्रमित १६ सय २६ जना रहेका छन् । 
बितेको २४ घण्टामा देशभर भने  १३८० जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १९ जनाको मृत्यु समेत भएको छ । मन्त्रालयका अनुसार यससँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ भने मृतकको संख्या १४५४ पुगेको छ । 

यस्तै बितेको २४ घण्टामा थप ५१५ निको भएपनि कुल निको हुने संख्या २ लाख ११ हजार १८६ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप