चिनियाँ रक्षामन्त्रीलाई उप–प्रधानमन्त्रीस्तरीय सुरक्षा व्यवस्था
काठमाडौँ । चिनियाँ रक्षामन्त्री जनरल वेई फेंग्हेको भ्रमणलाई लक्षित गरेर काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपालको एकदिने औपचारिक भ्रमणका लागि चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवम् रक्षमन्त्री नेपाल आउँदै छन् । आईतबार बिहान १० बजे २० सदस्यीय प्रतिनिधी मण्डलसहित वेई काठमाडौँ आउँदै छन् ।
चिनियाँ रक्षामन्त्रीको सुरक्षार्थ काठमाडौँको सुरक्षा व्यवस्था कडा पारिएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । ‘सुरक्षाका लागि आवश्यक जनशक्ति परिचालन गरेका छौँ,’ एसएसपी सिंहले भने ।
भारतका विदेशसचिव हर्षबर्धन शृङ्गला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो ।
वेईलाई गृहमन्त्रालयले उप–प्रधानमन्त्री स्तरको सुरक्षा दिने भएको छ । गृह मन्त्रालयको संयोजनमा चिनियाँ रक्षामन्त्रीलाई उप–प्रधानमन्त्रीस्तरीयय सुरक्षा व्यवस्था मिलाइने नेपाली सेनाका प्रवक्ता (सहायकरथी) सन्तोष बल्लभ पौडेलले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्योलमा संसद् बैठक : बानेश्वरमा विभिन्न पक्षबिच छलफल जारी
-
कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक शुक्रबारसम्म स्थगित
-
कर्णालीमा एमालेभित्रको विवादले पाएन निकास, शपथ बहिष्कार गरेका शाह हटाइए
-
रवि र गगनको राजनीतिक ब्याटल
-
चोर्नकै लागि हवाईजहाजमा यात्रा
-
नीतिगत स्थिरतामार्फत लगानीमैत्री वातावरण निर्माण गर्न निजी क्षेत्रको माग