शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विशेषज्ञ चिकित्सकको नतिजा सार्वजनिक, ७३.३ प्रतिशत उत्तीर्ण

आइतबार, १४ मङ्सिर २०७७, १२ : ०८
आइतबार, १४ मङ्सिर २०७७

विशेषज्ञ तहको चिकित्सकहरुको लाइसेन्स परीक्षामा ७३ दशमलव ३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । नेपाल मेडिकल काउन्सिलले शुक्रबार र शनिबार ५ चरणमा दर्ता प्रमाणपत्र लाइसेन्सको परीक्षा लिएको थियो ।
 काउन्सिलले लिएको परीक्षामा ८ सय ३९ जना सहभागी भएका थिए भने ६ सय १५ जना मात्रै उत्तीर्ण भएका छन् । सहभागीमध्ये २ सय २४ जना अनुत्तीर्ण भए भने ४ जना अनुपस्थित र १ जनाको परीक्षा स्थगित गरिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ । 

यस्तै काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षाको पनि नतिजा प्रकाशन गरेको छ । काउन्सिलले शनिबार लिएको परीक्षामा नर्सिङ तर्फका ४९ दशमलव २९ प्रतिशत उत्तीर्ण भएका छन् । यस्तै मिडवाइफतर्फ भने ६६ दशमलव ६६ प्रतिशत उत्तीर्ण भएका छन् । १ हजार २ सय ७० जना नर्सिङ परीक्षामा सहभागी भएका थिए भने  ६ सय २६ जना उत्तीर्ण भएका छन् ।  

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप