शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

छुट्टाछुट्टै स्थानबाट ११ जुवाडे पक्राउ

आइतबार, १४ मङ्सिर २०७७, १३ : २३
आइतबार, १४ मङ्सिर २०७७

भक्तपुर र बागलुङबाट ११ जुवाडे पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका-८ सिपाडोल मालीगाँउस्थित मालीगाँउ भिलेज होटलबाट तास खेलिरहेको अवस्थामा चाँगुनारायण नगरपालिका-६ नगरकोट बस्ने ३९ वर्षीय राजु तामाङ लगायत ८ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख १३ हजार रुपैयाँ र १ बुक तास सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी बागलुङको बागलुङ नगरपालिका-२ हाडेपाखा बस्ने चन्द्र प्रसाद गैरेको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३० वर्षीय यम बहादुर केसी लगायत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १७ हजार रुपैयाँ र तीन बुक तास फेला पारी पक्राउ गरेको हो । पक्राउ परेकामाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप