शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कञ्चनपुरमा सवारी दुर्घटना हुँदा प्रहरी हवल्दारको मृत्यु

आइतबार, १४ मङ्सिर २०७७, १४ : ५०
आइतबार, १४ मङ्सिर २०७७

काठमाडौं । पूर्व-पश्चिम राजमार्ग स्थित कञ्चनपुरको बदेकोट नगरापलिका–१ दैजीमा सवारी दुर्घटना भएको छ । सवारी दुर्घटनामा परेर प्रहरी हवल्दार रामबहादुर विष्टको निधन भएको छ ।  हवल्दार सवार लु १२ प ५१५ नम्बरको मोटरसाईकल लाई बिपरित दिशाबाट आउँदै गरेको से१क १४०६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । विष्ट महाकाली स्थित झोलुंगे प्रहरी चौकीमा कार्यरत थिए । 

ट्रक र चालक यज्ञराज भट्टराईलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले रातोपाटीलाई बताए ।  पूर्व पश्चिम राजमार्गको अत्तरिया–महेन्द्रनगर खण्डमा दुर्घटनामा परेर ज्यान गुमाउने हवल्दार शुक्लाफाँटा नगरपालिकाका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप