शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टिपरले ठक्कर दिँदा बालिकाको मृत्यु

आइतबार, १४ मङ्सिर २०७७, २२ : ४२
आइतबार, १४ मङ्सिर २०७७

महोत्तरी । महोत्तरीको औरही नगरपालिका–८ टिम्किया गाउँको भित्री सडकमा आज साँझ टिपरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा औरही–८ बस्ने नागेन्द्र बैठाकी छोरी १२ वर्षीया रोशनी रहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

गाउँको भित्री सडकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना.७ ख. ४७३९ नंको टिपरले बाटो छेउमै खेलिरहेको बालिकालाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको हो ।  घटनापश्चात् प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ भने मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप