दुई हजारभन्दा माथि उक्लेर फर्कियो नेप्से
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसूचक २ हजार अंकभन्दा माथि पुगेर फर्किएको छ । सोमबार खुलेको बजारमा ओपनिङ सेसनमै २ हजारको विन्दुलाई भेट्टाएर यात्रा सुरु गरेको नेप्से दिनभरमा अधिकतम २ हजार २८ विन्दुसम्म पुगेर फर्किएसँगै १ हजार ९ सय ९७ दशमलव ०५ अंकमा झरेर रोकिएको हो । त्यसो त, दिनभरमा बजार १ हजार ९ सय ७१ विन्दुसम्म समेत झरेको थियो ।
जानको अन्तिम बजार परिसूचक अघिल्लो दिन (आइतबार) को बजार परिसूचक भन्दा २८ दशमलव ७९ अंकले बढी हो । आजको बजारलाई व्यापारमूलक समूह, हाइड्रोपावर समूह, बीमा समूह र अन्ग समूहले माथि उचाल्यो । अघिल्लो दिन निकै बढेको बैंक र विकास बैंक समूह भने आज घट्न पुग्यो ।
यो दिन सबैभन्दा बढी कमाउने कम्पनी युनाइटेड मोदी हाइड्रोपावर बन्यो । सो कम्पनीको शेयरमूल्यमा १० प्रतिशत वृद्धि भयो । त्यस्तै, अपर तामाकोशी, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल बंगलादेश बैंक, नेपाल बंगलादेश बैंक, साञ्जेन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, साल्ट ट्रेडिङ कर्पोरेसन, एनसीसी बैंकको शेयर यो दिन ९ प्रतिशत भन्दा बढीले बढ्यो । विशाल बजार कम्पनी भने यो दिन नकारात्मक सर्किट लाग्ने एकमात्रै कम्पनी बन्यो ।
आजको ८ अर्ब ८६ करोड रुपैंयाको कारोबार भएको छ । आज नेप्से परिसूचक अहिलेसम्मकै सबैभन्दा बढी भए पनि कारोबार रकम भने आइतबारको भन्दा कम हो । यो दिन १ सय ७२ कम्पनीको कारोबार हुँदा १ सय १० कम्पनीको मूल्य घट्यो । ५६ कम्पनीको मूल्य घट्दा ६ कम्पनीको मूल्यमा कुनै घटबढ भएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण