कृषि विकास बैंक लुटमा संलग्न खम्ब घले पक्राउ
काठमाडौं । कृषि विकास बैंकको लगईन युजरमा प्रवेश गरेर करिब पाँच करोड रुपैयाँ अपचलन गर्ने समूहका खम्ब घलेलाई प्रहरीले पक्रेको छ । ०७६ असोजमा घले सहितको समूहले कृषि विकास बैंकको लाहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ व्यक्तिको नाममा ट्रान्सफर गराए । मुख्य कार्यालय न्यूरोडबाट समेत व्यक्तिको खातामा अनधिकृत रुपमा ट्रान्सफर गरिएको थियो ।
धादिङ रुबिभ्याली गाउँपालिका घर भएका ५४ वर्षीय खम्ब घलेलाई आईतबार साँझ स्वयम्भुबाट पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता (एसपी) ईश्वर कार्कीले रातोपाटीलाई बताए । लुटमा संलग्न मुख्य योजनाकार भनिएका पिटर उर्फ कालेको एजेन्टको रुपमा खम्बले काम गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पिटर भारतमा बस्छन् ।
लाहान शाखाका कर्मचारीको मिलेमतोमा सो लुट भएको थियो । लुटमा संलग्न १५ जनाभन्दा बढीलाई प्रहरीले यसअघि नै पक्रेको थियो । उनीहरुमाथि संगठित रुपमा बैंक लुटेको मुद्धा चलिरहेको छ । उच्च अदालत पाटनको आदेशले खम्बलाई पुर्पक्षका लागी केन्द्रीय कारागार पठाईएको एसपी कार्कीले बताए ।
पिटरको गिरोहले नेपाली एजेन्टलाई प्रयोग गरेर पाँच अर्व लुट्ने योजना बनाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पानस रेमिटबाट लगातार पैसा निकाल्ने व्यक्तिमाथी अनुसन्धान गर्दै जाँदा महाशाखाले कृषि विकास बैंकको लुटमा संलग्न समूहको चेन ब्रेक गर्न सफल भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ