शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महालेखाले मातहतका कार्यालयलाई भन्यो, ‘खर्च मितव्ययिता मापदण्ड पालना गर्नू’

मङ्गलबार, १६ मङ्सिर २०७७, १२ : ०१
मङ्गलबार, १६ मङ्सिर २०७७

सार्वजनिक खर्चमा मितव्ययिता कायम गराउने सम्बन्धी मापदण्ड पालना गराउन महालेखा नियन्त्रकको कार्यालयले सबै कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई परिपत्र जारी गरेको छ । 
कोरोना संक्रमणले आर्थिक क्रियाकलाप प्रभावित हुँदा स्रोत परिचालनमा थप दबाव सृजना भएको भन्दै कोष तथा लेखा नियन्त्रकको कार्यालय र निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई महालेखाले परिपत्र गरेको हो । 

कात्तिक २४ गते बसेको मन्त्रिपरिषदले सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने सम्बन्धी मापदण्ड २०७७ स्विकृत गरेको थियो । जसमा दर्जन भन्दा बढी क्षेत्रको खर्च कटौती उल्लेख छ । 
अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले मंसिर १० गते सो मापदण्ड पालना गराउन महालेखालाई पत्र पठाएको थियो । सोही अनुसार मंसिर १५ गते महालेखाले आफ्ना मातहतका कार्यालयलाई खर्च कटौती गर्न निर्देशन दिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप