शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मोटरसाइकललाई ठक्कर दिइ गाडी फरार, एकको मृत्यु

मङ्गलबार, १६ मङ्सिर २०७७, १२ : २३
मङ्गलबार, १६ मङ्सिर २०७७

धनुषाको बडहरीमा दुर्घटना हुँदा एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मिथिला नगरपालिाका वडा नम्बर ९ स्थित बडहरीमा सोमवार राति गाडीको ठक्करबाट गम्भीर घाइते भएका मिथिला नगरपालिका नम्बर ६ बस्ने ३८ वर्षीय पंचदेव साहको उपचारको क्रममा जनकपुर स्थित अस्पतालमा मृत्यु भएको हो ।
ज७प ५९८६ नम्बरको मोटरसाइकलमा ढल्केवारबाट बर्दिवासतर्फ जाँदै गरेका मृतक साहलाई नम्बर खुल्न नसकेको गाडीले बडहरीमा ठक्कर दिएको थियो । 

मृतक साहलाई ठक्कर दिने गाडी फरार भएको छ ।

यसेबीच ठक्कर दिने गाडीलाई प्रहरीले नसमातेको नगरेको भन्दै ढल्केवरका स्थानीयबासीहरु मंगलवार बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
यता इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले ठक्कर दिने सवारीको खोजीकार्य तिव्र पारेकोले छिट्टै पक्राउ पर्ने आस्वस्त पारेपछि अवरुद्ध राजमार्ग सुचारु भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप