नेपाल बंगलादेश बैंकले घोषणा गर्यो लाभांश
मङ्गलबार, १६ मङ्सिर २०७७, १४ : २३
नेपाल बंगलादेश बैंक लिमिटेडले ८.४२ प्रतिशत लाभांश दिने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैंकले आफ्ना शेयरधनीलाई सो लाभांश दिने भएको हो ।
बैंकले चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर सहित) गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश सेयरधनीले पाउनेछन् । मंसिर १५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल बंगलादेश बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा १ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली पाइलट पक्राउ, पाइलटकै पोसाकमा एयरपोर्टमा घुमिरहेका थिए
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
आर्थिक स्थायित्वमार्फत अर्थतन्त्रको दिगो विकासका लागि प्रतिबद्ध छौँ : गभर्नर अधिकारी
-
विश्वभर २८ करोड २० लाख मानिस भोकमरीको चपेटामा
-
नेपाल सम्बन्धी अमेरिकी प्रतिवेदन: तिब्बती शरणार्थीको अधिकारदेखि न्यायालयमा घुससम्म प्रश्न
-
फेरि ह्वात्तै बढ्यो सुनको मूल्य