तीन चौथाई कम्पनीको मूल्य घट्दा पनि कसरी बढ्यो सेयर बजार ?
काठमाडौं । बजारमा कारोबार भएकामध्ये ३ चौथाई कम्पनीको मूल्य घट्दा पनि सेयर बजार परिसूचक नेप्से बढेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक (नेप्से) ३.३५ अंकले बढेर २ हजारको बिन्दुलाई छोएको हो । मंगलबार परिसूचक २ हजार दशमलव ४० अंकमा बन्द भएको छ । जबकि शुक्रबार १ सय ७२ कम्पनीको कारोबार हुँदा १ सय २८ कम्पनीको सेयरमूल्य घटेको छ । ३७ वटा कम्पनीको शेयरमूल्य घट्दा बाँकी ७ कम्पनीको शेयरमूल्य स्थिर देखिएको छ ।
मंगलबार नेपाल पुनर्वीमा कम्पनी, नेपाल टेलिकम, अपर तामाकोशी हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर, साञ्जेन हाइड्रोपावर लगायत ठूलो बजारहिस्सा भएका कम्पनीहरुको मूल्य बढेका कारण १ सय २८ कम्पनीको गिरावटलाई ३७ कम्पनीको वृद्धिले जितेको हो ।
मंगलबार बजारमा ७ अर्ब ४० करोड ४१ लाखको कारोबार भएको छ । यो अघिल्ला दुई दिनको भन्दा कम होे । २ हजारको मनोवैज्ञानिक विन्दुलाई छोएको अवस्थामा नेपाल धितोपत्र बोर्डको विज्ञप्ति लगायत कारणले बजारलाई अर्को उच्च अंकमा पुग्न रोकेको हो । यद्यपि अघिल्लो दिन बन्द भएको परिसूचकभन्दा मंगलबारको परिसूचक ऐतिहासिक हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण