
कोन्कणाको ‘बोल्ड निर्णय’: विवाहअगाडि नै गर्भवती अनि सम्बन्धविच्छेद !

एजेन्सी – बलिउडकी चर्चित अभिनेत्री कोन्कणा सेन प्रायः व्यक्तिगत जीवनलाई लिएर चर्चामा आउने गर्छिन् । उनी अहिले ४१ वर्षकी भइन् । उनले आफ्नो करियरको बीचमा गरेका केही ‘बोल्ड निर्णय’ ले भने उनको छवी नै फरक रहेको छ ।
उनले बालकलाकारको रुपमा नै आफ्नो करियरको यात्रा सुरु गरेकी थिइन् । उनले सन् १९८३ मा नै बंगाली फिल्म ‘इंदिरा’ बाट करियरको सुरुवात गरेकी हुन् । त्यसपछि उनले बलिउड फिल्मबाट थुप्रै दर्शकको मन जितिन् ।
उनको ‘आजा नच’ फिल्मको सेटमा अभिनेता रणवीर शौरीसँग भेट भयो । उक्त सेटमा नै उनीहरुको प्रेमसम्बन्ध सुरु भयो । अफेयरको क्रममा नै उनी गर्भवती भइन् । त्यसपछि उनले विवाह गर्ने फैसला गरिन् । उनीहरुले हतार हतार सन् २०१० मा विवाह पनि गरे । उनले विवाहको केही महिनामा नै छोरा जन्माइन् । तर रणवीर र कोन्कणाको विवाह लामो समय चलेन ।
विवाहअगाडि नै गर्भवती भएर दुनियाँलाई चकित पारेकी सेनले सन्तान जन्माएलगत्तै सम्बन्धविच्छेद गरेपछि सबै हैरान भए ।
अलग भएको ५ वर्षपछि उनीहरुको कानुनी रुपमा सम्बन्धविच्छेद भयो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ