सेयर बजारमा भइरहेको कारोबारको अनुसन्धान गर्न बोर्डले नेप्सेलाई पठायो पत्र
काठमाडौं । पछिल्लो समय सेयर बजारको लगातार बृद्धिपछि नेपाल धितोपत्र बोर्डले बजार किन बढिरहेको छ भन्दै नेपाल स्टक एक्सचेन्जलाई पत्र पठाएको छ । बजारको बृद्धिमै शंका गर्दै नेपाल स्टक एक्सचेन्ज (नेप्से) सँग के कति कारणले बजार बढेको हो भनेर बोर्डले पत्र पठाएको नेप्सेका एक अधिकारीले बताए । नेप्से स्रोतकाअनुसार अहिलेको बजार बृद्धि अस्वभाविक होइन तर नियामकले अस्वभाविक पाराले पत्र पठाएको छ ।
औपचारिक रुपमा उसले अस्वभाविक कारोबार भन्न नमिलेकाले के केति कारण बजार बढेको हो भन्दै जिज्ञासा गरेको नेप्से स्रोतले बतायो । बोर्डले बुधबार नेप्सेलाई पत्र पठाएका हो । सेयर बजारमा स्रोत नखुलेको धनले प्रवेश पाएको आशंकामा बोर्डले पत्र पठाएको हो ।
नेप्से स्रोत भन्छ, ‘बोर्डले अहिले बजारमा भइरहेको कारोबारको लगानीको स्रोत के हो ? लगानीकर्ताले बजारमा लगानी गरेको रकम कस्तो हो ?, कर तिरेको छ की छैन ? भन्ने विषयमा स्पष्ट छानबिन गर्न भन्दै पत्र आएको छ, त्यसको जवाफ फर्काउने क्रममा छौ ।’
पछिल्लो समय सेयर बजारको बृद्धिमा स्रोत नखुलेको धन भित्रिएको आशंका हुन थालेको छ । यसको चर्चा चल्न थालेपछि नियामकको नाताले बोर्ड सचेत हुन खोजेको हो । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाले पनि सेयर लगानीमा ऋण दिइरहेका छन् । सो क्षेत्रको लगानी बढी भएको कारण नेपाल राष्ट्र बैंकले पनि सेयर कर्जामा पुनर्विचार गरिने मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत बताएको छ ।
सेयर बजारले २१ सय बिन्दुमा पुग्ने तरखर गरिरहँदा सिमित कम्पनीको मात्र सेयर मूल्य बढिरहेको छ । राम्रै प्रतिफल दिने (बैंक तथा वित्तिय संस्था) कम्पनीहरुको सेयर मूल्य खासै बढेको छैन । यसले गर्दा बजारमा आशंका पैदा भएको छ । केहीदिन अघिमात्रै धितोपत्र बोर्डले लगानीकर्तालाई सुझबुझ पूर्ण लगानी गर्नु भन्दै औपचारिक रुपमै विज्ञप्ति निकालेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण