शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विमानमा कोरोना संक्रमित : नेपाल एयरलाइन्सलाई हङकङले लगायो चौथो पटक प्रतिबन्ध

शुक्रबार, १९ मङ्सिर २०७७, १५ : ४४
शुक्रबार, १९ मङ्सिर २०७७

 

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सलाई हङकङले चौथो पटक उडान प्रतिबन्ध लगाएको छ । काठमाडौंबाट गत सोमबार हङकङका लागि उडेको एयरलाइन्समा सवार यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि भएपछि हङकङले एयरलाइन्समाथि १५ दिनको बन्देज लगाएको हो ।

यसअघि यस्तै घटनामा नेपाल एयरलाइन्स तीन पटक हङकङबाट प्रतिबन्धमा परिसकेको छ । यो चौथो घटना हो । पहिलो पटक अक्टोबर ३ मा काठमाडौँबाट हङकङ उडेको नेपाल एयरलाइन्सको विमानमा ६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएपछि हङकङले एयरलाइन्सलाई अक्टोबर ४ देखि १७ सम्म प्रतिबन्ध लगाएको थियो ।

त्यसलगत्तै हङकङ उडान भरेको एयरलाइन्समा पुनः दोस्रो पटक ९ जना यात्रुमा पोजेटिभ देखिएपछि फेरि अक्टोबर २२ नोभेम्बर ४ सम्म प्रतिबन्ध लगाएको थियो ।

त्यसपछि भने करिब एक साताको अन्तरालमा भएको काठमाडौं–हङकङ उडान गरेको एयरलाइन्समा पुनः १४ जनामा संक्रमण पुष्टि भएपछि हङकङले नोभेम्बर १२ देखि २५ सम्म उडानमा प्रतिबन्ध लगाएको थियो ।

पटक–पटकको आफ्ना यात्रुमा कोभिड–१९ संक्रमण पुष्टि र प्रतिवन्ध लाग्दै आएपछि एयरलाइन्सले निजी ल्याबको कैफितका कारण समस्यामा परेको निश्कर्ष निकाल्दै यात्रुहरुलाई सरकारी ल्याबबाट मात्र टेस्ट गर्न र रिपोर्ट वुझाउन भनेको थियो ।

तर पछिल्लो पटक सरकारी ल्याबबाटै परिक्षण गरेर गएका यात्रुहरुमा समेत उता पोजेटिभ आएपछि एयरलाइन्स समस्यामा परेको एयरलाइन्सले जनाएको छ । अब यस समस्याको निराकरण कसरी गर्ने भन्ने समाधान कम्पनीले खोजिरहेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिष्मा श्रेष्ठले रातोपाटीसँग बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप