शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लगातार खोकी लाग्ने समस्या छ ? हुनसक्छ यस्ता खतरनाक संकेत

शनिबार, २० मङ्सिर २०७७, १२ : ००
शनिबार, २० मङ्सिर २०७७

एजेन्सी – जाडो मौसममा प्रायः मानिसहरु विभिन्न रोगका संक्रमणबाट पीडित हुने गर्छन् । ज्वरो, खोकी र रुघाखोकी जस्ता समस्याहरु मौसम परिवर्तन भएसँगै देखापर्ने गर्छन् । धेरैलाई खोकीको समस्याले लगातार सताउने गर्छ । तर, धेरैले चिसो मौसममा खोकी लाग्ने समस्यालाई सामान्य रुपमा लिने गर्छन् । तर लगातार खोकी लाग्ने समस्याले विभिन्न गम्भीर रोगको संकेत पनि गर्छ । 

१. पोस्टनासल ड्रिप
कफ गिलो र मोटो पदार्थ हो । जसले नाक, मुख, पेट र आन्द्रामा सजिल्यै पुगेर संक्रमण फैलाउँछ । लगातार लाग्ने खोकीले नाक सुन्निने र त्यही सुन्निने समस्या पनि पोस्टनासल ड्रिपको सिचुएशन पैदा गर्छ । 

२.भाइरल संक्रमण 
भाइरल संक्रमण एक आम संक्रमण हो जसको शिकार धेरै मानिसहरु हुने गर्छन् । जाडो मौसममा धेरै मानिसहरु भाइरल संक्रमणको शिकार हुने गर्छन् । यो मौसममा खोकी र कफको समस्या धेरै हुन्छ । खोकीको कारण नाक र शरीरमा दुखाई जस्ता समस्या पनि शुरु हुन्छ । 

३. एलर्जी
जाडोमा प्रदुषणका कारण बच्चा र बुढा सबैलाई समस्यामा पार्छ । जाडोको समस्या प्रदुषका कारण आउने समस्या नै एलर्जी हो । जसले खोकी र कफको समस्या लगातार पैदा गरिरहन्छ । जुन विस्तारै लामो समयसम्मको समस्या हुनसक्छ । त्यसैले यस्तो मौसममा एलर्जीबाट बच्न लगातार मास्कको प्रयोग गर्नुपर्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप