नेप्सेमा ७२ अंकको रि–बाउन्स, ६ कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो
काठमाडौं । सेयर बजार परिसूचक नेप्से फेरि बढेको छ । आइतबार नकारात्मक सर्किट लागेर बन्द भएका शेयर बजार सोमबार फेरि बढेको हो । सोमबार नेप्से ७२.२८ प्रतिशतले बढ्दा परिसूचकले पुनः २ हजारको बिन्दुलाई छोएको छ । सोमबार बजार २ हजार ४ दशमलव ३९ विन्दुमा रोकिएको हो ।
बुधबार बजारमा ६ अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ । कुल १ करोड १९ लाख २० हजार कित्ता शेयर किनबेच हुँदा उक्त मात्रामा कारोबार भएको हो । यो कारोबार विगतका कारोबारको तुलनामा कम हो । आजको बजार वृद्धिमा व्यापारमूलक क्षेत्र, जीवन बीमा, हाइड्रोपावर र उत्पादनमूलक क्षेत्रको धेरै योगदान रहे पनि बजारमा सबै उपसूचकहरुको वृद्धि देखिएको छ ।
बजारमा १ सय ७३ कम्पनीको कारोबार हुँदा १ सय ६६ कम्पनीको मूल्य बढेको छ । ५ वटा कम्पनीको मूल्य घट्दा २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । बजारमा आज नारायणी डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, विशाल बजार कम्पनी, ग्लोबल आईएमई लघुवित्त, अपर तामाकोशी र साञ्जेन हाइड्रोपावर सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण