पर्यटन बोर्डमा मजदूरले तालाबन्दी गर्ने
काठमाडौं । पर्यटन मजदुरहरुले बुधबार पर्यटन बोर्डमा तालाबन्दी गर्ने भएका छन् । कोभिड–१९ का कारण बेरोजगार बनेका पर्यटन मजदूरहरुको मागलाई वेवास्ता गरेको भन्दै ६ वटा मजदूर संगठनले मिलेर बोर्डमा तालाबन्दी गर्न लागेका हुन् । आफूले तालाबन्दी गर्न लागेको विषयमा उनीहरुले मंगलबार जिल्ला प्रशासन कार्यालयलाई जानकारी समेत गराइसकेका छन् ।
पर्यटन क्षेत्रमा क्रियाशील अखिल नेपाल पर्यटन मजदूर संघ, समाजवादी पर्यटन मजदूर संघ, नेपाल स्वतन्त्र पर्यटन रुमिक संघ, युनिट्राभ, क्रान्तिकारी पर्यटन मजदूर संघ नेपाल र नेपाल पर्यटन श्रमिक संघले त्यस्तो आन्दोलन गर्न लागेका हुन् ।
मजदूरहरुले कोभिड–१९ पछि बेरोजगार भएका श्रमिकहरुलाई सामूहिक सौदाबजी गरेर न्यूनतम पारिश्रमिकको ग्यारेन्टी गर्नुपर्ने, रोजगारी गुमाएकाहरुलाई मजदूर कल्याणकारी कोषबाट निश्चित ऋण दिनुपर्ने व्यवस्था गर्नुपर्ने लगायतका माग राख्दै आएका थिए । तर बोर्डले माग पूरा गर्नको सट्टा कोषमा भएको रकम समेत अपव्याख्या गरी अन्यत्र खर्च गरिदिएको आरोप उनीहरुको छ ।

शुक्रबार ४८ घण्टे अल्टिमेटम दिएर माग पूरा गर्न दवाव दिएकोमा माग पूरा नभएपछि तालाबन्दी गर्न लागिएको नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष दीपेन्द्र पाण्डेले बताए । उनले आफ्ना माग पूरा नभएसम्म तालाबन्दी जारी राख्ने समेत बताए ।
ट्रेकिङको क्रममा हराएका मजदूरहरुको उद्दार तथा खोजका लागि भन्दै ट्रेकिङ जाने प्रत्येक पर्यटकबाट १०÷१० डलर उठाएर उक्त कोष बनाइएको थियो । सो कोषमा यसअघि ३२ करोड रुपैंया जम्मा भएको थियो । कोषका प्रमुख कार्यकारी अधिकृतले कोषको रकम मजदूरको हितका लाथि खर्च गर्नुको सट्टा आफूखुसी व्याख्या गर्दै अन्यत्र खर्च गरेकोमा समेत मजदूरहरु आक्रोशित भएका छन् । नेपाल पर्यटन श्रमिक संघका अध्यक्ष पाण्डेले उक्त कोषमा अहिले १०/११ करोड मात्रै रहेको बोर्डका सीईओले आफूखुसी २० करोड रुपैंया सिध्याएको आरोप लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण