व्यक्ति हत्यामा उत्रेर विप्लव समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोज्यो : भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले व्यक्ति हत्यामा उत्रिएको नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले जनयुद्धको भद्दा नक्कल गर्न खोजेको आरोप लगाएका छन् । चन्द नेतृत्वको प्रतिबन्धित नेकपासँग सरकारले वार्ता गर्नुपर्ने भट्टराईको भनाइ छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोरङमा शिक्षकको हत्या गरेको घटनाप्रति सामाजिक सञ्जालमार्फत चौतर्फी आलोचना भइरहेको बेला भट्टराईले वार्ताको कुरा उठाएका हुन् । २३ मंसिरमा विप्लव नेतृत्वको नेकपाले मिक्लाजुङ गाउँपालिकाका–१ स्थित सरस्वती आधारभूत स्कुलका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्र श्रेष्ठको हत्या गरेको थियो ।
शुक्रबार साँझ एक ट्वीट गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले चन्द समूहको आन्दोलनलाई नीति कथाको बाँदरले मान्छेले दारी खौरेको नक्कल गर्न खोज्दा आफ्नै नाक काटेको उदाहरण दिएर व्यङ्ग्यसमेत गरेका छन् । यसका अलवा उनलेचन्द समूहलाई गलत नीति त्यागी वार्तामा आउन सुझाव पनि दिएका छन् ।
भट्टराईले उक्त घटनबारे टिप्पणी गर्दै यसले राज्यलाई थप हिंसा मच्चाउन सहयोग पुग्ने भन्दै विप्लव समूहलाई सच्चिन आग्रह गरेका छनन् । ‘व्यक्ति हत्याको गलत नीतिले कुमार पौडेलहरूलाई नक्कली मुठभेडमा मार्ने सरकारलाई बल पुर्याइरहेछ,’ भट्टराईले लेखेका छन्, ‘चन्द समूहले गलत नीति त्यागोस् राज्यले सार्थक वार्ता गरोस् ।’
शिक्षकको हत्या प्रकरणबारे विप्लव नेतृत्वको नेकपाले भने आफ्नो पार्टीको सुराकी गरेकाले हत्या गरिएको जिकिर गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण