मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

बिग बास खेल्न सन्दीप अष्ट्रेलिया उड्दै

मङ्गलबार, ३० मङ्सिर २०७७, १३ : ३२
मङ्गलबार, ३० मङ्सिर २०७७

काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बिग बास लिग (बिबिएल) क्रिकेट खेल्न आज अष्ट्रेलिया उडेका छन् । उनी तेस्रोपटक बिग बास खेल्न कतार एयरवेजको उडानमार्फत त्यसतर्फ लागेका हुन् । लामिछाने बुधबार अस्ट्रेलिया पुगेपछि १४ दिनको क्वारेन्टिनमा बस्ने उनका व्यवस्थापक रमन शिवाकोटीले जानकारी दिए ।

बिग बास भने गत बिहीबारदेखि नै शुरु भइसकेको छ । क्वारेन्टिनमा बस्नुपर्ने भएकाले लामिछानेले शुरुआती छ खेल गुमाउनेछन् । यस पटक उनले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै छन् । लामिछानेले यसअघि दुई यामको बिग बास लिग मेलबर्न स्टार्सबाट खेलेका थिए । उनले पछिल्ला दुई याममा २० खेल खेल्दै २६ विकेट लिएका थिए । उनी आबद्ध होबार्ट आज दिउँसो आफ्नो तेस्रो खेल एडिलेड स्टाइकर्सविरुद्ध खेल्दैछ । होबार्ट यसअघिका दुई खेलमा विजयी भएको थियो । 

हालसम्मको खेल प्रदर्शनका आधारमा लामिछानेको टोली होबार्ट सात अङ्कसहित लिगको दोस्रो स्थानमा रहेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी हुने तयारीमा रहेको अवस्थामा दुई साताअघि लामिछाने कोरोनाबाट सङ्क्रमित भएका थिए । हाल उनी कोरोनामुक्त भएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप