शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
अपडेट

संसद विघटनअघि नै ओलीविरुद्ध अविश्वास प्रस्ताव : प्रचण्ड नयाँ प्रधानमन्त्रीका लागि प्रस्तावित

आइतबार, ०५ पुस २०७७, १८ : १७
आइतबार, ०५ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु अघि नै नेकपाका ९० सांसदले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रसताव दर्ता गराएका छन् । नेकपाका ९० सांसदको हस्ताक्षरसहित सचिवालयमा उक्त प्रस्तावमा पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गरिएको थियो । संविधानमा प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउँदा प्रस्तावित प्रधानमन्त्रीको नाम उल्लेख गर्नुपर्ने प्रावधान छ । 

९० सांसदले हस्ताक्षर गरेको प्रस्तावको पहिलो नम्बरमा नेकपा अध्यक्ष दाहालले हस्ताक्षर गरेका छन् भने उनीपछि वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालले हस्ताक्षर गरेका छन् । 
प्रस्तावमा संविधानको धारा ९३ को उपधारा ३ बमोजिम संसद बैठक बोलाउन माग गरिएको छ । यो प्रस्ताव दर्ता भएलगत्तै राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा संसद विघटन गरेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप