संसद् भंगसँगै बढ्यो राजनीतिक संकट, ओलीलाई पनि छैन सहज (दिनभरका घटनाक्रमसहित)

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विवाद बढ्दै जाँदा लिएको अप्रिय निर्णयले देशमा राजनीतिक संकट चुलिएको छ भने स्वयम् उनको आगामी बाटो पनि असहज देखिएको छ । उनले आइतबार संसद् भंगको निर्णय गर्दै राष्ट्रपतिकहाँ सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि त्यसलाई स्वीकृति गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति घोषणा गरेकी छिन् ।
ओलीको यो निर्णयको सबैभन्दा धेरै आलोचना उनकै पार्टी नेकपाबाट भएको छ भने उनलाई अनुशासनको कारबाही गर्नेसम्मको तयारी भएको छ । आगामी पुस ७ गते बस्ने केन्द्रीय समिति बैठकमा ओलीलाई अनुशासनको कारबाही गर्ने प्रस्ताव पेश हुनेछ ।
यस्तै उनको निर्णयविरुद्ध सर्वोच्चमा पनि रिट दायरको तयारी हुँदै गर्दा संविधानविद्हरुले संविधानमा संसद विघटनको व्यवस्था नै नभएकाले यो कदम गैरसंवैधानिक भएको बताएका छन् ।
यसो त उनको कदमसँगै सडकमा विरोधको स्वर देखिन थालिसकेको छ भने सामाजिक सञ्जालदेखि विभिन्न राजनीतिक दलसम्मले संसद विघटन गर्ने कदमको कडा शब्दमा विरोध गरेका थिए ।
ओलीले आइतबार बिहानको क्याबिनेट बैठकबाट संसद विघटनको निर्णय गराएपछि दिनभर के–के भए विस्तृतमा तलका लिंकमा हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !
-
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र
-
भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउन ८० करोड खर्च गर्दै कर्णाली सरकार
-
नीति तथा कार्यक्रम कार्यान्वयन चुनौतीपूर्ण छ : सांसद साउद