गोली हानी हत्या
सोमबार, ०९ असोज २०७४, ०८ : ०१
रौतहटको परोहा नगरपालिका वडा नम्बर ५ का वडाध्यक्षका पराजित उम्मेदवारकाे छोराको गोली हानी हत्या भएको छ ।
कांग्रसबाट उम्मेदवार बनेका शेख सेराजको ३२ बर्षका छोरा अकबर अलीको हत्या भएको प्रहरीले रातोपाटीलाई बतायो ।
परोहा नगरपालिका ५ जिंगडवा टोलमा रहेको घरबाहिर सुतिरहेको अवस्थामा आज बिहान करिब साढे ३ बजेको समयमा उक्त घटना भएको हो ।
उनको छातीमा गोली हानीएको छ । घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ३ जनालाई बिहान नियन्त्रणमा लिएको जनाएको छ ।
शवलाई पोस्ट मार्टमका लागि जिल्ला अस्पताल गौर लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख यज्ञ विानोद पोख्रेलले जानकारी दिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण