बुटवलको कोरोना विशेष अस्पतालबाट बिरामी भागे
बुटवलस्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका एक जना बिरामी हराएका छन् ।
गएको बुधबार कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का बेलावसका ५५ वर्षिया पुरुष आज बिहान अस्पतालबाट भागेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाका अनुसार पिसाब फेर्न भनेर शौचालय गएका बिरामी भागेका हुन् ।
उनले भने, ‘हिजो साँझ घर जान्छु भन्नुभएको थियो । आज बिहान ६ बजेतिर पिसाब फेर्न शौचालय जान्छु भनेर निस्कनुभएको थियो । भाग्नुभएछ । हामी खोजी गरिरहेका छौं ।'
डा. थापाले प्रहरीको सहयोगमा खोजी भईरहेको बताए ।
आज बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले बताईन् ।
उनले भनिन्, ‘हिजो साँझ फोन गर्दा छिटो मलाई लिन आइज भन्नुभएको थियो । यहाँ म बस्न सक्दिन भन्नुभएको थियो । बिहान बिरामीलाई फोन गर्दा फोन उठेन । अस्पतालमा फोन गर्दा तपाईंको बिरामी छैनन् भनेर भने ।’
उनले अस्पतालकै लापरवाहीले गर्दा यस्तो भएको भन्दै आक्रोश पोखिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपूर्वमा तनाव: इराक र सिरियाद्वारा हवाई क्षेत्र बन्द
-
अनुसन्धान र नवप्रवर्तन सम्बन्धी सम्मेलन सम्पन्न
-
रास्वपा सुर्खेतको सभापतिमा पुनः सापकोटा
-
रास्वपा गोरखाको सभापतिमा क्षेत्री विजयी
-
इरिक्सनको स्वास्थ्यमा सुधार, ‘पेसमेकर’ ले सही काम गरेको चिकित्सकको भनाइ
-
मैदानमै फेरि ढले डेनिस स्टार क्रिस्टियन इरिक्सन, युक्रेनविरुद्धको खेल रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण