बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

उकालो लाग्यो सुनको मूल्य

शुक्रबार, १७ पुस २०७७, ११ : ५६
शुक्रबार, १७ पुस २०७७

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

प्रतितोला रु ९४ हजार १०० मा बिहीबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ४०० ले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्ले जनाएको छ ।  यस्तै तेजाबी सुन प्रतितोला रु ९४ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । 

सो सुन बिहीबार तोलामा रु ९३ हजार ६०० मा कारोेवार भएको थियो ।  चाँदीको मूल्य भने आज पनि स्थिर छ । चाँदी तोलामा रु एक हजार ३०० मा कारोवार भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप