ad
केन्द्रीय संस्करण

बोगटान सडकको काम पुनः शुरु हुन्छ: वनमन्त्री आले

person explore access_timeपुस १९, २०७७ chat_bubble_outline0
file photo

डोटी । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताएका छन् । वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि बढेको थिएन ।  

राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै उनले सो जानकारी दिएका हुन् ।  उनले भने–“मन्त्रालयका कारण रुख काट्न नपाउदा काम रोकिएको भन्ने खबर मैले पाएँ, म सो विषयमा मन्त्रिपरिषद्मा फाइल लैजानेछु र काम सुचारु गराउछु ।” तीन दशकदेखि अलपत्र अवस्थामा परेको उक्त सडक पछिल्लो समय सरकारको उच्च प्राथमिकतामा रहे पनि रुख काट्न नपाउदा तथा कोरोना सङ्क्रमणका कारण काममा ढिलाइ हुँदै आएको थियो ।  विसं २०७५ फागुन ७ गते उक्त सडकको कालोपत्रेको शिलान्यास भएको थियो ।

चुरे गाउँपालिकाका करनबहादुर छेडालले भने, “शुरुमा निकै तीव्र गतिमा काम भइरहेको थियो, पछि रुख काट्न नपाउदा र कोरोनाले गर्दा काम सुस्त भएको छ, रुख नकाटिए समयमै काम सम्पन्न हुँन गारो अवस्था छ ।” कैलालीको सहजपुर बजारबाट डोटीको बडिकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक ३० महिनाभित्रमै कालोपत्र गरिने लक्ष्यअनुसार ठेकेदार कम्पनीले उक्त कामको शुरुआती गरेको थियो । रुख काट्न नपाएर हाल सुस्तगतिमा भइरहेको निर्माण कार्यले तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने भन्दै स्थानीयवासीमा चिन्ता छाएको छ ।

सरकारले रु दुई अर्ब पाँच करोडमा उक्त सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिएको थियो ।   कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपीनगरबाट बडिकेदार गाउँपालिकासम्म २८ किमी सडक कालोपत्रको काम शुरु गरिएको थियो ।  तीन महिनादेखि कालोपत्रको काम रोकिएको र अन्य काम सुस्तगतिमा भइरहेको बताइएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.