सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पत्नीको उपचारका लागि प्रचण्ड भारत प्रस्थान

सोमबार, २० पुस २०७७, १० : १५
सोमबार, २० पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारत प्रस्थान गरेका छन् ।

लामो समयदेखि विरामी रहेकी पत्नी दाहालको उपचार मेडिसीटी अस्पतालमा चलिरहेको थियो । त्यहाँ सुधार नदेखिएपछि थप उपचारका लागि भारतको मुम्बई जान लागेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

यसअघि सीता दाहालको अमेरिकास्थित जोन हप्किन्स अस्पतालमा पनि उपचार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप