बायोटेक्नोलाजीसम्बन्धी भर्चुअल सम्मेलन हुने
बायोटेक्नोलोजी सोसाइटी अफ नेपाल (बीएसएन)ले तीनदिने अन्तर्राष्ट्रिय भर्चुअल सम्मेलन गर्ने भएको छ । आगामी फेब्रुअरी १२–१४ मा हुने सो सम्मेलनको शीर्षक ‘बायोटेक्नोलोजिकल रिभोलुसन इन इन्भायरोन्मेन्टल, एग्रिकल्चर टेक्नोलोजिज एण्ड हेल्थ केयर’ रहेको छ ।
संस्थाका आजीवन सदस्यहरुले निःशुल्क तथा साधारण सदस्यहरुले ५० प्रतिशत छुट रकममा सहभागी हुन सक्ने सो सम्मेलनका मुख्य वक्ता प्रोफेसर डा. निकोलाई पेत्रोभ्स्की रहेका छन् । फ्लिन्डर्स युनिभर्सिटीमा प्राध्यापन गर्नुहुने पेत्रोभ्स्की भ्याक्सिन पी/एलका अध्यक्ष तथा कोरोनभाइरसविरुद्धको खोप बनाउनेमध्येका एक हुनुहुन्छ ।
सो सम्मेलनमा वेस्ट एनजेबी आर्टिकल अवार्ड योङ साइन्टिस्ट अवार्ड (४० वर्षमुनि), डिस्टिङ्गुइस साइन्टिस्ट अवार्ड (४० वर्षमाथि), डिस्टिङ्गुइस प्रोफेसर अवार्ड (५० वर्षमाथि), एक्सिलेन्ट इन्स्टिच्युसन अवार्ड प्रदान गयिरने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न १२ स्थानमा आगलागी, करोडौँको क्षति
-
काठमाडौँ र भक्तपुरसहित छुट्टाछुट्टै स्थानमा दुर्घटना, चार जनाको मृत्यु
-
छत्तीसगढको बस्तरमा प्रहरीसँगको भिडन्तमा चार माओवादीको मृत्यु
-
अमेरिका र स्लोभाकिया पठाइदिन्छु भन्दै लाखौँ ठगी
-
मतदातालाई सुहाङले भने ‘मलाई मत दिएबापत तपाईँहरूले कहिल्यै पछुताउनुपर्ने छैन’
-
भारतबाट ल्याउँदै गरेको नक्कली नोटसहित दुई जना पक्राउ