बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

ताजा जनादेशका लागि चुनावमा जानु नै सही निकासः खिमलाल भट्टराई

बिहीबार, २३ पुस २०७७, १७ : १२
बिहीबार, २३ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराईले ताजा जनादेशका लागि चुनावमा जानु नै वर्तमान राजनीतिको सही निकास भएको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक भट्टराईले प्रतिनिधिसभालाई आफ्नै सरकार ढाल्ने संयन्त्रको रुपमा दुरुपयोग गर्न दाउपेचको अखडा बनाउन थालेपछि प्रधानमन्त्रीले बाध्यात्मक कदमको रुपमा संसद विघटन गरेको भन्दै ताजा जनादेशमा जानु नै वर्तमान राजनीतिको सही निकास हुने बताए ।

सरकारलाई काम गर्न नदिइएको, संसद र सरकारलाई साधारण ढंगले चल्न नदिइएका कारण राजनीतिलाई अस्थिरतातिर जान र धमिलिएको राजनीतिलाई सङ्ग्ल्याउन निर्वाचनमा जानु अनिवार्य आवश्यकता भएको उनले बताए । संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीसँग भएको र वर्तमान राजनीतिक अवस्थाको सही समाधान निर्वाचनले नै दिनसक्ने भएकोेले सबै चुनावतर्फ केन्द्रित हुनुपर्ने उनले बताए । उनले भने– ‘धमेलिएको राजनीतिलाई संङल्याउन जनतामा जानु अनिवार्य आवश्यकता बन्न गयो । यसैको परिणामस्वरुप प्रतिनिधिसभाको विघटन र चुनाव मिति घोषणा भयो ।

प्रतिनिधिसभा विघटनको संविधानमा व्यवस्था नै छैन भन्ने कुरा गलत हो । धारा ७६ र ८५ मा व्यवस्था छ । संसद विघटन गरेर जनतामा जाने कुनैपनि लोकतन्त्र व्यवस्थामा प्रधानमन्त्रीको विशेषाधिकार सुरक्षित रहन्छ । यो नै लोकतन्त्रको मूल्य र मान्यता हो । ताजा जनादेशका लागि चुनावमा जानु नै आजको राजनीतिको सहि निकास हुन्छ । अरु कुनै विकल्पले मुलुकलाई अस्थिरता र द्धन्दतिर नै लैजान्छ । आजको राजनीतिको सहि समाधन निर्वाचनले नै दिन सक्छ । त्यसैले सबै चुनाव तिर ने केन्द्रीत हौँ ।’

प्रमुख सतेचक भट्टराईले सरकारले काम गरेन भनि जनतामा निराशा फैलाउने दुष्प्रचार गरिएको समेत बताए । सरकारले थुप्रै काम गरेको र मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाएको उनको भनाई छ । संकट र खतरायुक्त तुइनबाट मानव जीवनलाई मुक्ति दिनु, लोडसेडिङ मुक्त गर्नु तथा संघीयतालाई मजबुद गर्नु लगायतका मुख्य काम सरकारले गरेको उनले बताए । प्रधानमन्त्रीलाई संघीयता विरोधी करार गर्न खोजिएपनि संघीयताको संस्थागत विकासको निम्ति कानूनि प्रवन्ध, संरचनागत व्यवस्था, बजेट विनियोजन, कर्मचारी व्यवस्थापन, सुरक्षा अंगहरुको व्यवस्थापन गरी प्रधानमन्त्रीले संघीयतालाई मजबुत बनाउनुभएको उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप