सुदीक्षा–उमेश शंकास्पद मृत्यु प्रकरण : बाँकी थियो ३ केस्रा सुन्तला र फुको चाउचाउ !
काठमाडौं, २६ पुस । काठमाडौँको टोखामा रहेको ग्रीन भिल्ला कोलोनीमा ३३ वर्षीया सुदीक्षा गिरी र उनका श्रीमान् उमेश केसी मृत भेटिए । शुक्रवार राति पौने ९ मा उनीहरुको शव भेटियो । दम्पतीको हत्या भयो वा सुदीक्षाले हत्यापछि आत्महत्याको बाटो रोजिन्, अहिलेसम्म किटेर भन्न सकिने अवस्था छैन ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुले घटनास्थल प्रकृतिका आधारमा सुदीक्षाले पतिको हत्या गरेर आफुले आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष निकालेका छन् । उमेशको शवसँगै ओछ्यानमा रगत लतपतिएको सिलौटो फेला परेको छ । उमेशको टाउकोमा चोट छ ।
अनुसन्धामा संलग्न प्रहरी अधिकृत भन्छन्, ‘पोष्टमार्टम रिपोर्ट नआउँदासम्म थप अनुसन्धान अगाडि बढ्ने अवस्था रहेन ।’ तर, अनुसन्धान अधिकृतले सुदीक्षाकी दिदी शर्मिलालाई चाहिँ अनुसन्धानको दायरामा राखेका छन् ।
अमेरिका बस्ने उमेश कात्तिक ७ मा नेपाल आएका हुन् । सुदीक्षा चाहीँ दिदी शर्मिलासँग काठमाडौँमा बस्थिन् । उमेश नेपाल आएपछि सो भिल्ला भाडामा लिएर उनीहरु त्यहाँ बस्न थालेका थिए ।
फोन नउठेपछि शुक्रवार विहान करिब ७ बजे बहिनीको घरमा गएकी शर्मिलाले उनिहरुको शव देखेकी थिइन् । तर, शंकास्पद मृत्युको सुचना महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल रुम सम्म पुग्न करिब १४ घण्टा लाग्यो ।
शर्मिला पनि टोखा क्षेत्रमै बस्छिन् । बिहीबार उनको फोन र म्यासेज बहिनीले रेस्पोन्स गरिनन् । शुक्रवार विहान पनि पटक–पटक भाईबर र फोनमा सम्पर्क गर्दा सम्पर्क नभएपछि उनि बहिनी–ज्वाइँ बस्ने भिल्लामा पुगिन् ।
ढोका बन्द थियो । भिल्लाको पछिल्लो भागको आल्मुनियमको ढोका जोडले ढकढक पारिन् । नखुलेपछि ढोका फुटाइन्, चुकुल बांगिएर ढोका खुल्यो । प्रहरीलाई उनले बताए अनुसार हात छिराएर फलामे डण्डीवाला भित्री ढोकाको चुकुल पनि निकालेर भित्र पसिन् ।
‘बहिनी भ-याङमा झुण्डिएकी थिइन्’ प्रहरीसँग उनले भनेकी छिन्–‘म आत्तिएँ, माथिल्लो तलामा पुग्दा ज्वाइँ बेडरुममा मृत अवस्थामा पल्टिरहेका थिए ।’
कोलोनीमा बस्ने नेपाल प्रहरीका अवकाश प्राप्त एसपी झविन्द्र मल्लले खबर गरेपछि शुक्रवार राति पौने ९ मा प्रहरीको टोली त्यहाँ पुग्यो । प्रहरी पुग्दा उमेश बेडरुममा घोप्टो परेर पल्टिरहेका थिए, ओछ्यानभरी रगत थियो । उमेशले अण्डर वेयर र सेन्डो लगाएका थिए । किचन नजिकैको भ-याङमा नाइट ड्रेसमा सुदीक्षा सलको पासोमा झुण्डिएकी थिइन् ।
सर्मिलाले बहिनी–ज्वाइँको संकास्पद मृत्यु भएको खबर अमेरिकामा रहेकी दिदिलाई भनिन् । तर, नेपालमा चाहिँ गुपचुप नै राखिन् । प्रहरीले शर्मिलाको मोवाईल फरेन्सिक जाँच गर्न विधिविज्ञान प्रयोगशालमा पठाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) प्रमेश विष्ट भन्छन्, ‘विभिन्न कोणबाट घटनाको अनुसन्धान गर्दै छौं ।’

सुन्तला र फुको चाउचाउ
पेशाले इन्जिनियर उमेश अमेरिका बस्थे । तीन महिनाअघि नेपाल आएका उनी माघ १ मा अमेरिका फर्कंदै थिए । हत्या–आत्महत्या अघि उनीहरुबीच बाद–विवाद भएको प्रहरीको निष्कर्ष छ । किचनमा रहेको डाइनिङ टेवलमा वाईवाई चाउचाउ र सुन्तलाका केस्रा भेटिएको छ । त्यो पनि छरिएको अवस्थामा ।
बिहीबार उनीहरुको किचनमा खाना पाकेन । भिल्ला भाडामा लिएर बस्ने उमेश र सुदीक्षा फुको चाउचाउको भरमा छाक टार्नुपर्ने अवस्थाका हैनन् ।
टेवलमा छोडाएको तिन केस्रा सुन्तला, ओइलाएका सुन्तलाका बोक्रा र खाएर बाँकी रहेको फुको चाउचाउ छरपस्ट थियो । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने–‘मनमुटाव भएपछि उनीहरुले चाउचाउ र सुन्तला खाएर सुतेको जस्तो देखिन्छ ।’
अव्यवस्थित अवस्थामा छाडिएको चाउचाउ र सुन्तलाको केस्रा हेरेर अनुसन्धान अधिकारीले विष्लेषण गरेका छन्–‘विवाद बढ्दै गएपछि उमेश निदाएको अवस्थामा सुदीक्षाले सिलौटाले हिर्काएर आफूले आत्महत्याको बाटो रोजेको जस्तो देखिन्छ ।’
शुक्रवार साँझ जत्तिबेला प्रहरी पुग्यो, त्यतिबेला शवबाट गन्ध आउन थालेको थियो । प्रहरीका अनुसार करिब २४ घण्टा पहिले उनीहरुले संसार छाडिसकेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण