फिल्मी गतिविधिले अब रफ्तार लिनुपर्छ : बोर्ड अध्यक्ष दाहाल
काठमाडौं । चलचित्र विकाश बोर्डका अध्यक्ष दयाराम दाहालले अवको दिनमा फिल्म गतिविधि युद्धस्तर रुपमा अगाडि बढाउनु पर्ने बताएका छन् । करिव दश महिनादेखि सुनासान रहेको फिल्म क्षेत्रलाई पहिलेको गतिमा फर्काउन फिल्मी गतिविधिले रफ्तार पक्रनु पर्ने उनको धारणा रहेको थियो ।
मंगलबार छायाँछवी क्रियसनले काठमाडौँमा आयोजना गरेको ‘तीज अवार्ड’ तथा ‘चौथो सर्ट फिल्म फेष्टा’का विजेतालाई अवार्ड तथा पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष दाहालले फिल्म क्षेत्र अव पहिलेकै गतिमा फर्किने विश्वास व्यक्त गरे ।
‘करिव दश महिनादेखि बन्द रहेको फिल्म क्षेत्र आइतबारको मन्त्रीपरिसदको बैठकले खोल्ने निर्णय गरेको छ’ दाहालले भने ‘अव चलचित्रकर्मी सबै मिलेर फिल्म क्षेत्रलाई अगाडि बढाउनु पर्छ ।’ फिल्मकर्मी एक जुट भएर अगाडि बढे फिल्म क्षेत्र पहिलेको गतिमा फर्किन खासै समय नलाग्ने उनले सुनाए ।
चलचित्र विकाश बोर्डले कोरानाको मारमा परेका फिल्मलाई विभिन्न सुबिधाको समेत ब्यवस्था गरेको बताएका दाहालले यसै वर्षबाट सर्ट फिल्म तथा फिल्मलाई सहयोगको कार्यक्रम समेत अगाडि बढाएको जानकारी दिए ।
दाहालले चलचित्र विकाश बोर्ड स्टोरी बैंकमा समेत स्थापना भएको पुनः स्मरण गराउदै बोर्डमा उत्कृष्ट कथा लिएर आउन र बोडको सुविधामा फिल्म निर्माण गर्न सबैलाई अनुरोध समेत गरेका थिए । ‘फिल्म क्षेत्रको बास्तिबिक संघर्ष अव सुरु भएको छ’ दाहालले थपे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा फेरि वायु प्रदूषण बढ्यो, बन्यो विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर
-
देशभर कक्षा १२ को परीक्षा शान्तिपूर्ण रूपमा जारी
-
कविता सुनाएर फिल्म प्रचार गर्दै ‘मनसरा’
-
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक प्रकाश सपुत अनुबन्धित
-
गुल्मीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु, एक घाइते
-
दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी