
सुख र शान्तिका लागि लुम्बिनी : मन्त्री ढकाल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज साँझ शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गरेका छन् ।
भ्रमणका क्रममा उहाँले निर्माणाधीन अन्तरराष्ट्रिय बौद्ध तथा ध्यान केन्द्रको निरीक्षण गर्नाका साथै केन्द्रीय नहरमा डुङ्गा शयरपछि आमा मायादेवी मन्दिरमा पुगी पूजासमेत गरेका थिए ।
राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक खिमलाल भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, कोषका कार्यसमिति सदस्य श्रीराम यादव र राजेश ज्ञवाली, काउन्सिल सदस्य इन्साफ अलि, सदस्य सचिव सानुराजा शाक्यसहित पुष्करिणी, शान्ति दीपलगायतको निरीक्षणपनि मन्त्री ढकालले भने, “लुम्बिनी आउँदा सुख र शान्ति प्राप्त हुन्छ । आनन्द अनुभूति भइरहेको छ ।“
मन्त्री ढकालले कोषले गरेका कामप्रति सन्तोष व्यक्त गर्दै विश्वशान्ति अभियानमा लुम्बिनी र यस क्षेत्रको योगदान रहने विश्वास व्यक्त गरे ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ