युएईस्थित दूतावासको कन्सुलर सेवा अनिश्चितकालको लागि बन्द
मङ्गलबार, ०६ माघ २०७७, १३ : ०५
यूएई- नेपाली दूतावास यूएईले आज मंगलबारदेखि लागू हुने गरि अनिश्चितकालको लागि कन्सुलर सेवा बन्द गरेको छ। दूतावासमा कार्यरत तीन जना कर्मचारीलाई कोरोना पुष्टि भएसँगै नियमित हुँदै आएको कन्सुलर सेवा बन्द गरिएको हो।
सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै दूतावासले आज मंगलबारदेखि राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारिसनामा, मागपत्र प्रमाणिकरण लगायत अन्य कागजात प्रमाणीकरणको काम केही समयको लागि बन्द गरेको जनाएको थियो।
तर अत्यन्त जरुरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरु भने यथावत रुपमा प्रदान गरिने विज्ञप्तिमा उल्लेख गरेको छ ।अत्यावश्यक कामका लागि भने दूतावासमा ०२६३४४३८५ नम्बरमा फोन गरेर वा [email protected] मा सम्पर्क गर्न सकिने नेपाली दूतावास यूएईका उपनियोग प्रमुख एव प्रबक्ता रिता धितालले बतांइन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको अग्रता कायमै
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण