झापाको कपास उद्योगमा आगलागी
बुधबार, ०७ माघ २०७७, ०९ : २५
झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ । मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।
उनका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो । आगलागीबाट कपास पेल्ने मेसिन एक थान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेका कार्यकर्ता छुटाउन प्रहरीमा धाउँदै रवीन्द्र मिश्रसहितका नेता !
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
गृहमन्त्री लामिछानेले भने– सहकारी सञ्चालकहरूको सम्पत्ति रोक्का गरेर पीडितको रकम फिर्ता गर्छौं
-
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
-
राष्ट्रिय तेक्वान्दो संघ मोरङको अध्यक्षमा तामाङ
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’