बुधबार पनि बढ्यो सेयर बजार, दश दिनदेखि लगातार बढ्दै
काठमाडौं । सेयर बजार परिसूचक (नेप्से) लगातार १० दिनदेखि बढिरहेको छ । पुस २१ देखि बजार परिसूचक निरन्तर बढ्दै आएको हो । बुधबार नेप्से परिसूचक १५.८७ अंकले बढेर २ हजार ३ सय ४२ दशमलव ७७ बिन्दुमा पुगेको छ । यो दिन बजारमा १ करोड ५९ लाख कित्ता कारोबार हुँदा कुल कारोबार रकम ६ अर्ब २१ करोडको शेयर कारोबार भएको थियो ।
यो दिनभर १ सय ७६ कम्पनीको २ सय ११ वटा स्क्रिपको सेयर कारोबार हुँदा १ सय ४ कम्पनीको मूल्य बढेको छ । ६१ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । आज बजार बढे पनि ५ वटा उपसूचकको कारोबार घटेको छ । यद्यपि आज पनि १६ वटा कम्पनीको शेयरमूल्य भने ९ प्रतिशत भन्दा बढीले बृद्धि भएको छ ।
सबैभन्दा बढी मूल्य बेष्ट फाइनान्सको मूल्य ९.९४ प्रतिशतले बृद्धि भएको छ । बजारमा आज सबैभन्दा बढी मूल्य घट्ने कम्पनी विशाल बजारले ३.९५ प्रतिशत मात्रै मूल्य गुमाएको छ । समग्र बजार बढ्दा कूल बजार पुँजीकरण बढेर ३१ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
-
विश्वकपमा कतार र स्विट्जरल्यान्डको सुखद सुरुवातको खोजी
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण