‘घिन्ताङ’मा एजिलाको जोडी गौरव
काठमाडौं । दीपक श्रेष्ठको निर्देशन रहने फिल्म ‘घिन्ताङ’का लागि अभिनेताको रुपमा गौरव पहारी अनुबन्धित भएका छन् । केही दिन अगाडि अभिनेत्रीको रुपमा एलिजा गौतमसँग सम्झौता गरेको निर्माण युनिटले अहिले अभिनेताको रुपमा पहाडी फाइनल गरेको हो ।
यस अगाडि अभिनेताको रुपमा निर्माण युनिटको अभिनेता विपिन कार्कीसँग पनि कुराकानी अगाडि बढाएको थियो । विपिनले समय दिन नभ्याउने भएपछि निर्माण युनिटले ‘घिन्ताङ’मा अभिनेताको रुपमा पहारीलाई छनौट गरेको हा । फिल्म अभिनयको बिषयमा पहारीसँग निर्देशक श्रेष्ठले सम्झौता समेत गरिसकेको बताइएको छ ।
फिल्ममा पहारीले अव एलिजासँग रोमान्स गर्नेछन् । गाउँघरमा बस्ने नेपालीहरुको वास्तविक कथामा बन्न लागेको ‘घिन्ताङ’ मार्फत निर्देशन श्रेष्ठले लामो समयपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् । कमब्याक फिल्म सफल बनाउन उनी अहिले प्रिप्रोडक्सनमा समेत मिहिनेत गरिरहेका छन् ।
‘पापी मान्छे, भाई, तकदिर, पर्खि बसेँ, हिम्मत, सुर्य चन्द्र, वचन, वीर’लगायत श्रेष्ठले यस अगाडि थुप्रै हिट फिल्म दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा