शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ओलीलाई नेकपाको साधारण सदस्यबाटै हटाउँछौ: माधव नेपाल

बिहीबार, ०८ माघ २०७७, १५ : ५३
बिहीबार, ०८ माघ २०७७

सुर्खेत । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य नै नरहनेगरी  निष्काशन गर्ने बताएका छन् ।  बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित पिपल चौतारामा आयोजित बृहत विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने बताएका हुन् । 

‘केपी ओलीका कारण आज गणतन्त्र धरापमा पर्यो । कम्युनिस्ट पार्टी ध्वस्त भयो । हामी गणतन्त्रको आन्दोलन गर्दै गर्दा अ‍ोली बयलगाडाको कुरा गर्थे । अहिले उनको असली रुप देखियो । त्यसैले उनी कम्युनिस्ट होइनन् । कम्युनिस्ट हुन लायक पनि छैनन भन्ने बुझेर उनलाई साधारण सदस्यबाट निष्काशन गर्न गइरहेका छौं’ अध्यक्ष नेपालको भनाई थियो । 

उनले ३ दिनको समय राखेर स्पष्टीकरण सोधिए पनि चार दिनसम्म समेत जवाफ नदिएको भन्दै अब उनलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नभएको बताए ।  सम्बोधनका क्रममा अध्यक्ष नेपालले संसद पुनःस्थापना गरेरै छाड्ने घोषणा समेत गरे । कर्णाली प्रदेशकै ठुलो विरोध सभामा नेताहरु जनार्दन शर्मा, शक्ति बस्नेत लगायतका नेताहरु सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप