शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

साथीमार्ट : ५ महिनामै काँकडभित्तादेखि धनगढीसम्म

शुक्रबार, ०९ माघ २०७७, १३ : १०
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । नेपालमा पहिलो पटक अनलाइन टु अफ्लाइन (ओ टु ओ) इ–कमर्स लञ्च गर्ने लक्ष्यका साथ स्थापित साथीमार्टले देशैभर आक्रामकरुपमा सेवा विस्तार गरेको छ । यसै वर्षको भदौ २९ गते राजधानीको बौद्धबाट पहिलो आउटलेटबाट इ–कमर्स सेवा सुरु गरेको मार्टले आफ्नो स्थापना कालको पाँच महिना देशभरका ६१ स्थानमा आउट्लेट विस्तार गर्न सफल भएको छ ।

पूर्वको काँकडभित्तादेखि पश्चिम धनगढीसम्मका ६१ स्थानमा सेवा विस्तार गर्न कम्पनी सफल भएको साथी मार्टले जनाएको छ । 

काकडभित्ता देखि धनगढीसम्मका प्रमुख शहरमा आउट्लेट सञ्चालनमा ल्याएको कम्पनीले हालसम्म सुपरमार्केटको अभ्यास नभएको अर्घाखाँची, जिरी, गल्छी, दार्चुला जस्ता विभिन्न ठाउँहरुमा उपभोक्ताहरुलाई ‘सुपरमार्केट कल्चर’ सिकाउँदै अघि बढिरहेको साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए ।

नेपालका गाउँदेखि शहरसम्म हजार आउट्लेटसहित अनलाईन सपिङको सुविधा दिने साथीमार्टको लक्ष्य रहेको बताउँदै सिइओ पोखरेलले कम्पनीले कर्पोरेट अफिस र आउटलेटहरु गरि हालसम्म ३ सय ५० जना भन्दा बढिलाई प्रत्यक्ष रोजगारी दिइरहेको बताए ।

साथीमार्टमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ब्राण्डका  ग्रोसरी, सरसफाइका सामान, बेभरेज, स्न्याक्स, दुधजन्य उत्पादन, फ्रोजन खाद्य, उपहार, ब्रेकफास्ट आइटम लगायत विभिन्न सामग्रीहरु उपलब्ध रहेका छन् । साथीमार्टले छिट्टै ‘ओ टु ओ’ कमर्स नेपालभरी अर्डर गरेकै दिन डेलिभरी सुविधासहित लञ्च गर्ने तयारीसमेत भइरहेको सिइओ पोखरेलले जानकारी दिए ।

‘अब जमाना स्मार्ट सपिङको’ नारा लिएको साथीमार्टले अनलाइन र अफलाइन(ओ टु ओ) दुवै सपिङमा प्राथमिकता दिएर काम गरिहेकोे छ। नेपालमा नै उत्पादन भएका वस्तुलाई विशेष प्राथमिकता दिने  हाम्रो प्रमुख उद्देश्य हो’ पोख्रेलले भने, ‘बेरोजगार तथा नेपालमै बसेर केहि गरौं भन्ने सोच भएका युवाहरुलाई लक्षित गरि साथीमार्टले बिना लगानी व्यापार सुरु गर्न सकिने गरि, साथै रेफर एण्ड अर्न गर्ने गरि ‘साथीमार्ट एफिलिट स्टार्टअप प्लान’ यही वर्षदेखि शुरु गर्दैछ । यसबाट करिब ३० हजार युवालाई स्वरोजगार बनाउने हाम्रो लक्ष्य राखेको छ ।’

त्यसो त साथीमार्टले यही फेब्रुअरीमा आफ्नो आधिकारिक मोबाइल एप समेत ल्याउँदैछ । उक्त मोबाइल एप आएसँगै नेपालभर अनलाइन अर्डर गर्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली युवाले गरेको स्टार्टअप कम्पनी साथीमार्टबाट उपभोक्ताले सस्तो र सुलभ तरिकाले सपिङ गर्न पाउनुका साथै लाइफ टाइम डिस्काउन्ट कार्ड, गिफ्ट भौचर, मासिक सपिङ योजना, लक्की ड्र कुपन, देशविदेश भ्रमणको अवसर समेत पाउने कम्पनीले बताएको छ ।

विभिन्न स्थानमा साथीमार्टको फ्रेन्चाइज पार्टनर बन्न इच्छुकहरुलाई पनि प्रवर्द्धन गर्दै अगाडी बढेको सिइओ पोख्रेलले जानकारी दिए । साधारण मार्ट वा पसलकै जति लगानीमा अनलाइन, अफलाइन रिटेल आउटलेट, डिस्ट्रिब्युटर्स लगायत चार तरिकाबाट  मुनाफा हासिल गर्न सक्ने पोख्रेलको भनाइ छ ।

साथीमार्टले हाललाई निःशुल्क फ्रेन्चाइज प्रदान गर्दै आइरहेको पोख्रेलको दावी छ । फ्रेन्चाइज पार्टनर बन्नको लागि उपभोक्ताले साथीमार्टको अफिसियल वेबसाइट साथीमार्ट डट्कम र साथीमार्टको आधिकारी फेसबुकमार्फत् अनलाइन निवेदन दिन सक्ने बताइएको छ।

पुराना एकल पसलको युग विश्वव्यापी रुपमानै समाप्त हुँदै गएको भन्दै नेपालमा पनि चेन सुपरमार्केट सुरु हुने भएको र नेपालमा पनि ७० प्रतिशत ईन्टरनेट प्रगयोगगर्ता भइसकेको अबस्थामा डिजिटल मार्टको युग सुरु हुने साथीमार्टले विश्वास व्यवक्त गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप