
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति बार एशोसिएशनको आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ । महासचिव लीलामणि पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले माघ ९ गते आफ्नो पार्टीको कार्यक्रममा सम्बोधन गर्ने क्रममा ‘वकिलले कुरा फिटेका फिट्यै छन्, केही वकिलहरुले एकजना बाजे वकिललाई लिएर गएछन् त्यहाँ तमासा हेर्न’ भनेकोप्रति आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्रीको सो अभिव्यक्ति संविधान, कानुन र प्रधानमन्त्री स्वयंको पदीय मर्यादा, आचरण अनुकुल नरहेको बार एशोसिएशनको ठहर छ । ‘उक्त अभिव्यक्ति हाम्रा वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीज्यू र समग्र कानुन व्यवसायीकै विरुद्धमात्र नभएर अदालतकै मानहानी-अवहेलनाजन्य कार्यसमेत हो,’ महासचिव पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्रीको सो अभिव्यक्तिलाई ‘अमर्यादित, अपमानजनक र असहिष्णु’ संज्ञा दिँदै बार एशोसिएशनले गम्भीर आपत्ति र खेदसमेत व्यक्त गरेको छ । एशोसिएशनले उक्त अभिव्यक्तिप्रति सार्वजनिक रुपमा माफी माग्न प्रधानमन्त्रीसमक्ष मागसमेत गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ