
माधव नेपालप्रति सूर्य थापाको कटाक्ष : पेरिसडाँडामा कुखुरी काँ ?
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पूर्वप्रधानमन्त्री माधव नेपालप्रति कडा टिप्पणी गरेका छन्। सोमबार बिहान फेसबुकमार्फत थापाले नेपाललाई दरबारमा बिन्तिपत्र चढाएको भन्दै त्यसकै पुनरावृत्ति अहिले पनि भएको आरोप लगाएका हुन्।
पार्टी एक हुँदा तेस्रो अध्यक्ष पद अस्वीकार गरेको भन्दै माधव नेपाललाई तेल दिँदा नखाएको तर कोल चाट्ने काम गरेको आरोप लगाए।
हिजो निर्वाचन आयोगले नेकपाका मागदाबी अमान्य बताउँदै माधव नेपालको अध्यक्ष पद अवैधानिक भएको बताएको थियो। त्यसैप्रति लक्ष्य गर्दै थापाले लेखेका छन्–
कार्की बैंक्वेटमा प्रचण्डपथीय भेलाबाट स्वघोषित अध्यक्ष बनेको १ महिना ४ दिनमै अवैध अध्यक्ष पद घोषणा
साथै उनले मजाक भन्दै तल लेखेका छन् – उधारो हुन्न, हाताहाती चाहिन्छ,
पेरिसडाँडामा कुखुरी काँ ?

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ