चिनी उद्योगी राकेश अग्रवाल त्रिपुरेश्वरबाट पक्राउ
बुधबार, १४ माघ २०७७, २२ : ४१
काठमाडौं । चिनी उद्योगी राकेश अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । अग्रवाललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । पश्चिम नवलपरासीमा इन्दिरा सुगर मिल र सर्लाहीमा अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज चिनी उद्योग राकेशको स्वामित्वमा छ ।
उनीविरुद्ध पश्चिम नवलपरासी र सर्लाही जिल्ला अदालतबाट ठगी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । राकेशको स्वामित्वमा रहेको इन्दिरा सुगर मिल नवलपरासीको प्रतापपुरमा छ । अन्नपूर्ण सुगर एण्ड जनरल इन्डष्ट्रिज सर्लाही जिल्लामा छ । त्रिपुरेश्वरस्थित घरबाट पक्राउ गरिएका उनलाई आवश्यक कारवाहीका लागि जिप्रका सर्लाही पठाउने एसएसपी सिंहले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड–ओली छलफलमा मिसिए रवि लामिछाने
-
सन्दीपको मुद्दाको संक्षिप्त फैसला आजै आउने, पूर्णपाठ समय लाग्ने
-
निजी क्षेत्रको होइन, सरकारको मनोबल उठाउने बेला आएको छ : शेखर गोल्छा
-
सन्दीपको मुद्दामा फैसलाअघि न्यायाधीशले हेरे सीसीटीभी फुटेज
-
रुपन्देहीको देवदहमा करेन्ट लागेर एक जनाको मृत्यु
-
आईसीसी टी–२० वरीयतामा दीपेन्द्रको छलाङ, अस्ट्रेलियाका मार्स र म्याक्सवेल पनि पछाडि