सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

प्रचण्ड–ओलीबिच सिंहदरबारमा छलफल

बुधबार, ०२ जेठ २०८१, १५ : ४४
बुधबार, ०२ जेठ २०८१

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच छलफल भइरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बुधबार दिउँसो दुई नेताबिच भेटवार्ता भइरहेको हो ।

दुवै नेताबिच संसद्को गतिरोध अन्त्य, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उठाइरहेका माग, नीति तथा कार्यक्रम लगायतका विषयहरूमा छलफल केन्द्रित भएको जनाइएको छ ।

अध्यक्ष ओली नेपाली कांग्रेसले भनेजस्तो सहकारी प्रकरणमा रवि लामिछानेसहितलाई कारबाही हुनेगरी संसदीय छानबिन समिति नबनाउने पक्षमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप