आईसीसी टी–२० वरीयतामा दीपेन्द्रको छलाङ, अस्ट्रेलियाका मार्स र म्याक्सवेल पनि पछाडि
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा मंगलबार राति घोषित पछिल्लो वरीयतामा थप प्रगति गरेका छन् । पछिल्लो आईसीसी टी–२० वरीयताको अलराउन्डरतर्फ दीपेन्द्र १०औँ स्थानमा उक्लिएका छन् ।
अघिल्लो वरीयताको तुलनामा दीपेन्द्र थप एक स्थान माथि उक्लिएका हुन् । पाकिस्तानका सदाब खान, इमाद वसिम, अस्ट्रेलियाका मिचेल मार्स र ग्लेन म्याक्सवेल, वेस्ट इन्डिजका जासन होल्डर र रोमारियो सेफर्डजस्ता प्रभावशाली खेलाडीलाई दीपेन्द्रले पछाडि पारेका छन् ।
यसैगरी भारतका अक्षर पटेल, न्युजिल्यान्डमा मिचेल सान्टनर र अफगानिस्तानका रासिद खान पनि अलराउन्डर वरीयतामा दीपेन्द्रभन्दा पछाडि छन् । नेपालका अर्का खेलाडी कुशल मल्ल अलराउन्डर वरीयताको ३२औँ स्थानमा आसिन छन् ।
यसअघि वैशाखमा घोषित वरीयतामा दीपेन्द्रले निकै ठुलो छलाङ मारेका थिए । त्यतिबेला उनी एकैपटक १४ स्थान माथि उक्लिएर अलराउन्डर वरीयताको ११औँ स्थानमा आइपुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
-
बालेन सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ
-
आयोगले सरकारलाई पठायो निर्वाचन विधेयकको मस्यौदा (पूर्णपाठ)
-
ट्रेड युनियन अधिकार खोसिएको भन्दै बालेन सरकारविरुद्ध जेनेभामा उजुरी गरिने
-
‘बजेटले मनोबल बढाउन खोजेको छ, तर पूर्ण छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण