निजी क्षेत्रको होइन, सरकारको मनोबल उठाउने बेला आएको छ : शेखर गोल्छा
काठमाडौँ । नेपाल उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले सरकारको मनोबल उठाउने समय आएको बताएका छन् । महासङ्घका तर्फबाट अर्थमन्त्रीलाई बजेटको सुझाव दिने क्रममा गोल्छाले सरकारको मनोबल उठाउने उपायबारे छलफल गर्नुपर्ने बताएका हुन् ।
उनले सबै पक्षले निजी क्षेत्रको मनोबल उठाउने बारे छलफल गरिरहे पनि सुरुमा सरकारको मनोबल फर्काउन पर्ने बताए । ‘सबै पक्ष निजी क्षेत्रको मनोबल फर्काउने बाटो खोज्दै छन्,’ गोल्छाले भने, ‘तर म भन्छु अहिले सरकारको मनोबल घटेको छ, फर्काउने उपाय खोज्नु पर्छ ।’
सरकाको मनोबल फर्किएमा खुलेर खर्च गर्ने र अर्थतन्त्र चलायमान हुने उनको भनाई छ । सोही कारण निजी क्षेत्रले सरकारको मनोबल फर्काउने उपायबारे छलफल गर्नुपर्छ र सुझाव दिनुपर्छ । यसबाहेक गोल्छाले रुग्ण उद्योग सञ्चालनको तयारी बालुवामा पानी खन्याउने जस्तै हुने उनको भनाई छ ।
रुग्ण उद्योगको सूचीमा रहेका बुटवल धागो कारखाना लगायतमा खिया लगेका मेसिन मात्रै रहेकाले ती उद्योगमा लगानी जोखिमपूर्ण हुने गोल्छाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण