संवैधानिक इजलासमा रिट निवेदकको प्रश्न- प्रधानमन्त्रीलाई संसदले कहाँ असहयोग गर्यो ?
काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा अधिवक्ता कृष्णभक्त पोख्रेलले प्रधानमन्त्रीलाई संसदले कहाँ असहयोग गर्यो भन्ने प्रश्न उठाएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध संवैधानिक इजलासमा जारी बहसका क्रममा बिहीबार उनले यस्तो प्रश्न उठाएका हुन् । प्रधानमन्त्रीले आफ्नो लिखित जवाफमा संसदबाट असहयोगका कारणसमेत प्रतिनिधिसभा विघटन गर्नुपरेको दलिल पेश गरेको भन्दै पोख्रेलले आपत्ति जनाए ।
‘सरकारको नीति तथा कार्यक्रम पारित भएको छ, बजेट पारित भएको छ, विधेयकहरु पारित भएका छन्,’ उनले प्रश्न गरे, ‘कसरी संसदले असहयोग गरेको छ ?’ प्रधानमन्त्री विदेशमा रहेको समयमा समेत विधेयकहरु पारित भएको उदाहरणसमेत उनले दिए ।
सुनुवाईका क्रममा न्यायाशीश अनिलकुमार सिन्हाले रिट निवेदक तथा अधिवक्ता पोख्रेललाई सोधेका थिए, ‘पार्टीबाट असहयोग भएका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको भनेर प्रधानमन्त्रीले भन्नुभएको रहेछ नि !’ जवाफमा पोख्रेलले पार्टी र प्रतिनिधिसभा छुट्टाछुट्टै निकाय भएको र दुवैको छुट्टाछुट्टै महत्व रहेको भन्दै पार्टीले गरेको असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्न नपाइने जिकिर गरे । उनले प्रतिनिधिसभाले असहयोग गरेको उदाहरण एउटा पनि नभएको दावीसमेत गरे ।
उनले संविधानको धारा ७६ को उपधारा ७ लाई उद्धृत गर्दै धारा ७६ को उपधारा ५ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त नगरेमा वा अर्को प्रधानमन्त्री नियुक्त हुन नसकेमा मात्र प्रतिनिधिसभा विघटनमा जान मिल्ने तर्क गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कतार र स्विट्जरल्यान्डबिचको दोस्रो हाफको खेल सुरु
-
पहिलो हाफमा कतार १–० ले पछि, एम्बोलोको पेनाल्टी गोलमा स्विट्जरल्यान्डको अग्रता
-
पहिलो हाफमा स्विट्जरल्यान्डको अग्रता
-
स्विट्जरल्यान्डको सुरुवाती अग्रता: १७ औँ मिनेटमा एम्बोलोको गोल
-
कतार र स्विट्जरल्यान्डको खेल सुरु
-
सन् २०२२ को प्रदर्शन सुधार्ने कतारको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण