प्रचण्ड–माधव पक्ष निर्वाचन आयोगको छलफलमा जाला ?
काठमाडौं । निर्वाचन आयोगले आज बोलाएको छलफलमा नेकपा प्रचण्ड–माधव पक्ष सहभागी हुने कि नहुने भन्नेबारे नेताहरुबीच छलफल भइरहेको छ । आयोगले बिहीबार निर्वाचन प्रयोजनका लागि दल दर्ता र निर्वाचन तयारीका लागि भएका कामबारे छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।
आयोगले दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गरेर पाँच–पाँच जना प्रतिनिधि पठाउन आग्रह गरेको थियो ।
यसअघि पुस ५ पछि ओली र प्रचण्ड पक्षले छुट्टाछुट्टै बैठक बसेर गरेका निर्णय मान्य नहुने जनाएको आयोगले दुवै पक्षले गरेका निर्णयलाई खारेज गरेको जनाएको थियो । तर, बहुमत केन्द्रीय समिति सदस्यको बैठक बसेर गरेका निर्णयलाई आयोगले बेवास्ता गरेको भन्दै प्रचण्ड पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।
यसैबीच आज आयोगले बोलाएको छलफलमा जाने नजाने भन्ने बारेमा आन्तरिक छलफल भइरहेको नेता राजेन्द्र पाण्डेले रातोपाटीलाई जानकारी दिए । ‘हामी छलफलमै छौँ साढे ११ बजेसम्म के गर्ने भन्ने टुङ्गो लाग्छ’, पाण्डेको भनाइ छ । प्रचण्ड–माधव पक्षले आगामी वैशाख १७ र २७ गते घोषणा गरिएको निर्वाचन रोक्न आयोगसँग माग गरिसकेको छ ।
उता ओली पक्षका नेताहरु बिष्णु पौडेल, सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ, रामेश्वर फुयाल, विमला राई पौडेलल छलफलका लागि आयोग जाने तयारीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने
-
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहर उठायो
-
स्वास्थ्य क्षेत्रको जनशक्ति व्यवस्थापनमा सरकारको उपेक्षा
-
गीत विवादमा प्रकाश दुतराज : विकृति–विसङ्गति केलाउन खोजेको हो
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
सरकारले एक करोड ३० लाख युरो स्वीकार गर्ने