नेकपा विवादबारेको मुद्दामा सुनुवाई हुन सकेन
बिहीबार, २२ माघ २०७७, १४ : २४
काठमाडौं । सर्वोच्च अदालतमा नेकपा विवादबारेको मुद्दामा बिहीबार हुने भनिएको सुनुवाई स्थगित भएको छ । ऋषि कट्टेल अध्यक्ष रहेको नेकपाका तर्फबाट निर्वाचन आयोग लगायतलाई विपक्षी बनाएर दायर गरिएको मुद्दामा बिहीबार सुनुवाई हुने कार्यसूची थियो ।
तर विपक्षीतर्फका कानुन व्यवसायीले आमहड्ताल लगायतका कारण देखाएर सुनुवाई स्थगित गर्न माग गरेपछि बिहीबार यो मुद्दाको सुनुवाई प्रक्रिया स्थगित भएको हो ।
तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रबीच एकीकरण भएपछि गठन भएको पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राखिएकोमा आपत्ति जनाउँदै कट्टेलले उक्त नामको पार्टी निर्वाचन आयोगमा आफ्नो नाममा दर्ता रहेको भन्दै अदालतमा मुद्दा दायर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण