तपाईंको भाग्यलाई प्रभावित गर्छ तपाईंको मोबाइल नम्बर, थाहा पाउनुहोस् कसरी ?
मोबाइल नम्बरले हाम्रो भाग्यमा प्रभापित गर्छ, यो कुरा सुन्दा कतिलाई विश्वास लाग्ला त कतिलाई यो वाहियात पनि लाग्न सक्छ । जसरी ग्रह नक्षत्रको प्रभाव हामीमाथि पर्छ ठिक त्यसरी नै अंकले पनि हाम्रो व्यक्तित्प र भाग्यलाई प्रभावित पार्ने अंकशास्त्रको मान्यता छ ।
अंकशास्त्रका अनुसार यदि मोबाइल नम्बरमा सबैभन्दा धेरै ८ नम्बर छ भने यो शुभ मानिँदैन । यसका कारण तपाईंले बारम्बर आलोचनाको सामना गर्नुपर्छ भने तपाईंको खर्चमा पनि वृद्धि हुन्छ ।
अंक ९ असाध्यै शुभ मानिन्छ । यो अंक मोबाइल नम्बरमा सबैभन्दा धेरै हुँदा भाग्य बलियो हुन्छ । यसले धनवृद्धिमा मद्दत गर्छन भने तपाईंलाई परोपककारी र ज्ञानी भएको सूचक मानिन्छ । विद्यार्थी, लेखक, दार्शनिक एवं रचनात्मक व्यक्तिका लागि यो अंक विशेष लाभदायी हुन्छ । तर तपाईं ९ नम्बरलाई भाग्यशाली मानेर यसकै पछाडि दौडनुपर्छ भन्ने पनि छैन ।
यो पनि ध्यानमा राख्नुहोस् कि तपाईं कुन क्षेत्रसँग जोडिएको हुनुहुन्छ । यदि तपाईं गायक, सङ्गीतकार, चित्रकार अथवा कुनै अन्य कलासँग सम्बन्धित हुनुहुन्छ भने अंक ३ वा ४ बढी भएको मोबाइल नम्बर छान्न सक्नुहुन्छ ।
खेल जगत्, प्रहरी एवं सेनासँग सम्बन्धित भएका व्यक्तिका लागि ६, ७ र २ अंक शुभ मानिन्छ । राजनीति र शिक्षण क्षेत्रसँग जोडिएका व्यक्तिका लागि ४ र ३ अंक शुभ र फलदायी मानिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो औकात, क्षमता र आवश्यकता अनुसार खेलकुदको योजना बनाउँछौँ : मुख्यमन्त्री कँडेल
-
एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै
-
नर्सिङ सुन्दरीले देखाए ट्यालेन्ट
-
आठौँ पोखरा स्पोर्ट्स अवार्ड : वर्ष उत्कृष्ट खेलाडी अर्जुन र सुस्मिता
-
धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र
-
आफूलाई खटाएको शिक्षण संस्थामा मात्र काम गर्न काठमाडौँ महानगरले गरायो सचेत