शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

अमेरिकाको ९ शहरमा 'वुमन इन कन्सर्ट यात्रा'

बिहीबार, १९ असोज २०७४, ०९ : ३८
बिहीबार, १९ असोज २०७४

वाशिंगटन डीसी - अमेरिकामा 'वुमन इन कन्सर्ट युएस यात्रा २०१७' नामक सांगीतिक कार्यक्रम हुने भएको छ ।

कार्यक्रकमको लागि नेपालबाट कलाकार शुक्रबार(अक्टोबर ६) मा अमेरिका आईपुग्ने छन् । ७ अक्टोबरमा पहिलो प्रस्तुति हुने छ । 

अमेरिकाका ९ वटा शहर सिनसिनाटी, सेन्ट लुइस,  एट्लान्टा, बोस्टन, न्युयोर्क, वाशिंगटन डिसी, बाल्टिमोर, ड्यालस, ओकलाहामा कार्यक्रम हुने छ ।

को-को सहभागी हुँदैछन् ?
अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली, गायिका आस्था राउत र पूर्व मिस नेपाल (नायिका) मलिना जोशीसहितको टोलिले अक्टोबर २९ सम्म प्रस्तुति गर्ने छन् । भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूहले कार्यक्रमको आयोजना गरेको हो ।

कहाँ कहिले हुन्छ कार्यक्रम ?
सिनसिनाटी        : अक्टोबर ७ 
सेन्ट लुइस         : अक्टोबर ८ 
एट्लान्टा           : अक्टोबर १५ 
बोस्टन              : अक्टोबर १७
न्युयोर्क             : अक्टोबर २०
वाशिंगटन डिसी : अक्टोबर २१
बाल्टिमोर         : अक्टोबर २२
टेक्सस ड्यालस  : अक्टोबर २७ र,
ओकलाहामा      :  अक्टोबर २९ मा कार्यक्रम हुने तय भएको छ । ​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विजय थापा
विजय थापा

थापा रातोपाटीका अमेरिका प्रतिनिधि हुन् । 

लेखकबाट थप