अमेरिकाको ९ शहरमा 'वुमन इन कन्सर्ट यात्रा'
वाशिंगटन डीसी - अमेरिकामा 'वुमन इन कन्सर्ट युएस यात्रा २०१७' नामक सांगीतिक कार्यक्रम हुने भएको छ ।
कार्यक्रकमको लागि नेपालबाट कलाकार शुक्रबार(अक्टोबर ६) मा अमेरिका आईपुग्ने छन् । ७ अक्टोबरमा पहिलो प्रस्तुति हुने छ ।
अमेरिकाका ९ वटा शहर सिनसिनाटी, सेन्ट लुइस, एट्लान्टा, बोस्टन, न्युयोर्क, वाशिंगटन डिसी, बाल्टिमोर, ड्यालस, ओकलाहामा कार्यक्रम हुने छ ।
को-को सहभागी हुँदैछन् ?
अभया एण्ड द स्टीम ईन्जनस् संगीत मण्डली, गायिका आस्था राउत र पूर्व मिस नेपाल (नायिका) मलिना जोशीसहितको टोलिले अक्टोबर २९ सम्म प्रस्तुति गर्ने छन् । भिन्तुना इन्टरनेशनल अन्तर्गतको थ्रीई इन्टरटेनमेन्ट समूहले कार्यक्रमको आयोजना गरेको हो ।

कहाँ कहिले हुन्छ कार्यक्रम ?
सिनसिनाटी : अक्टोबर ७
सेन्ट लुइस : अक्टोबर ८
एट्लान्टा : अक्टोबर १५
बोस्टन : अक्टोबर १७
न्युयोर्क : अक्टोबर २०
वाशिंगटन डिसी : अक्टोबर २१
बाल्टिमोर : अक्टोबर २२
टेक्सस ड्यालस : अक्टोबर २७ र,
ओकलाहामा : अक्टोबर २९ मा कार्यक्रम हुने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण